संविधानबाटै निकास खोज्न युवा संगठनको माग

 भदौ २६, २०८२

तुलसीपुर । संविधानबाटै नै अबको निकास खोज्नका लागि राजनितिक दलका युवा संगठनले माग गरेका छन । जेनजी पुस्ताको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा छ । विभिन्न माग राख्दै आन्दोलनमा होमिएका जेनजी समूहका तर्फबाट नागरिक सरकार बनाउन माग भइरहेका बेला दलका युवा संगठनले लोकतान्त्रीक मुल्य मान्यताको अधिनमा रहेर निकास खोज्न माग गरेका छन ।

आज एक विज्ञप्ती जारी गरी उनिहरुले जेनजि समुहको आन्दोलनमा गलत तत्वको स्वार्थले सार्वजनिक तथा निजि संरचनामा क्षती पुगेकोमा दुख समेत ब्यक्त गरेका छन । राष्टिय युवा संघ लुम्बिनी प्रदेश संयोजक सन्तोष वली,तरुण दलका केन्द्रीय सदस्य पवन यादव,वाईसियलका लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष माधव बुढाथोकी र युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्षले संयुक्त विज्ञप्ती जारी गरि यस विषम परिस्थीतीमा संयमित हुन समेत अनुरोध गरेका छन ।

विज्ञप्ती हेर्नुहोस ।

तपाईंको प्रतिक्रिया