यस वर्ष दशैँको टीकाको साइत ११:५३ बजे
काठमाडाैं | यस वर्ष दशैँको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्नेछ । देवी विर्सजनको साइत सोही दिन बिहान ९ बजेर २३ मिनेटमा रहेको समितिले जनाएको छ । यसैगरी असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।





तपाईंको प्रतिक्रिया