कक्षा १२ को पुरक परीक्षा असोज ७ र ८ गते हुने

 २ घण्टा अगाडि

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको संसोधित समयतालिका सार्वजनिक गरेको छ । कार्यालयले आज एक सूचना जारी गरी यस अघि स्थगित भएको परीक्षा आउँदो असोज ७ गते मंगलवार र ८ गते बुधवार सञ्चालन गर्ने भएको हो ।  यस अघि भदौ कक्षा १२ को ग्रेडवृद्धि परीक्षा २८ र २९ गते तय गरिएकोमा जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।

असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया