मितेरी सहकारी संस्थाको १७औ साधारण सभा
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १७औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बिमल अधिकारी रहेका थिए ।
संस्थाका उपाध्यक्ष सेतु जैसीको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा अध्यक्ष द्रोण बहादुर बस्नेतले गएको बर्षमा भएको प्रगति तथा आगामी बर्षको कार्यक्रम प्रस्तुत गरेका थिए । उनले धितो रोक्का निति,संस्थाको ऋण ब्याज निर्धारण,शेयर खुल्ला तथा सदस्य राहत कोषबारेमा प्रस्ताव पेश गरेका थिए । यस्तै, कोषाध्यक्ष विशाल पोखरेलले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक हेम बहादुर वलीले लेखा सुपरीवेक्षन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थागत विकास तर्फ गोविन्द देवकोटा, असली ऋणि तर्फ हिमलाल गोराथोकी र विना कुमारी खत्री,बचतकर्ता तर्फपदम बहादुर बुढा र पुर्णमाया जिसी,बालबचत तर्फ सरगम बस्नेत, ऐच्छिक बचत गरि नियमित कारोवार गर्ने खड्ग बहादुर घर्तीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सभाको सहजिकरण सचिव कुल बहादुर बस्नेतले गरेका थिए ।
२०६६ सालदेखि सञ्चालनमा आएको सहकारीमा हाल करीव ५ सय २९ शेयर सदस्यहरु रहेको प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिए । ग्रामिण भेगमा रहेको यस क्षेत्रको ठुलो सहकारीको कार्यक्षेत्र हाल तुलसीपुरका ११,१२ र १३ नम्बर वडा रहेका छन ।




तपाईंको प्रतिक्रिया