नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्षमा पुनः तिवारी निर्वाचित

 ६ घण्टा अगाडि

अरुण कुमार नेपाली, दाङ । नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशनबाट गंगाराम तिवारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। दाङको घोराहीमा सम्पन्न महाधिवेशनले तिवारीको नेतृत्वमा सर्वसम्मत रुपमा  नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा रुद्रकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा बालकृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ। त्यस्तै, खुला उपाध्यक्षमा शैलेन्द्रकुमार ताजपुरिया, देवीराम भुसाल र रिना कुमारी काफ्ले तथा महिला उपाध्यक्षमा जमुना पुडासैनी निर्वाचित हुनुभएको छ।

महासचिवमा शान्तिनाथ योगी, खुला उपमहासचिवमा बालकृष्ण दाहाल र प्रेमबहादुर खत्री तथा महिला उपमहासचिवमा सुशीला खनाल र चाँदना हमाल निर्वाचित हुनुभएको छ। यसैगरी, कोषाध्यक्षमा मिनेश श्रेष्ठ र सहकोषाध्यक्षमा शिवप्रसाद आचार्य निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा को-को निर्वाचित भए?

खुला सदस्यतर्फ रुद्रप्रसाद पौडेल, रुद्र घिताल, दवराज भट्ट, जीवन ज्ञवाली, भुवन पोखरेल, जोगीलाल डगौरा, तप्तप्रसाद शर्मा, दुर्गाप्रसाद भण्डारी, कृष्णप्रसाद गौडेल, नरबहादुर कार्की, भूपेन्द्र पासवान, दिलीपकुमार झा, गणेशप्रसाद भट्टराई र दिलीप न्यौपाने निर्वाचित हुनुभएको छ।

महिला सदस्यमा भगवती तामाङ र सुवर्णमाया बिजुक्छे तथा समावेशी समानुपातिक सदस्यमा गोरखबहादुर सिंह, देवकुमार यादव र कृष्णप्रसाद थारू निर्वाचित हुनुभएको छ।

त्यस्तै, लेखा समिति संयोजकमा मिनराज डाँगी निर्वाचित हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिले विद्यालय कर्मचारीहरूको हकहित, पेसागत सुरक्षा, सेवा सुविधा तथा अधिकार प्राप्तिका लागि काम गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया