दाङ कांग्रेसमा देउवा पक्षको कार्यसमिति निर्वाचित
दाङ । नेपाली कांग्रेस दाङमा शेरबहादुर देउवा नेतृत्वको पक्षले जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। हिजो र आज सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिसहित पदाधिकारी तथा सदस्यहरूको नाम टुंगो लगाइएको हो।
देउवा पक्षबाट जिल्ला सभापतिमा गोपालराज शर्मा निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा भगवानदास यादव र सुरेन्द्र खड्का निर्वाचित हुनुभएको छ। यसैगरी, सचिवमा पूर्ण मल्ल र गेहेन्द्र वली तथा सहसचिवमा रामबहादुर केसी र अनिता विक निर्वाचित हुनुभएको छ। यस्तै २६ जना सदस्यहरु रहेका छन । जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले गर्नुभएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता गिरीले स्थानीय तहको निर्वाचनअघि सर्वोच्च अदालतले कांग्रेसभित्रको विवाद निरूपण नगरे पार्टी विभाजन हुन सक्ने बताउनुभयो। उहाँले अदालतले देउवा पक्षलाई आधिकारिकता दिने विश्वाससमेत व्यक्त गर्नुभयो।



तपाईंको प्रतिक्रिया