रावतले दिए स्वास्थ्य सामाग्री

 जेठ २६, २०७७

ओमप्रकाश गुप्ता , सिसहनियाँ २६ जेठ ।

कोरोना भाईरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का सुरक्षाकर्मी,सञ्चारकर्मी,स्वास्थ्यकर्मी र वडा अध्यक्षलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका पुर्व जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्यकर्मी बसन्तकुमार रावत (विके) ले सञ्चारकर्मी ओमप्रकाश गुप्ता,सिसहनियाँ स्वास्थ्य चौकीका प्रमुख धनबहादुर खड्का, प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्ल र वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका हुन् ।

जसमा सर्जिकल मास्क २ सय ५० पिस , सेनीटाईजर ५ पिस , ग्लोब्स २ सय ५० पिस, पन्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री र सिसहनियाँ स्वास्थ्य चौकीका लागि टाइफाइट,ग्याष्टिक,ज्वरो,पखालाको औषधी प्रदान गरेका हुन् । आइतबार ५ नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री स्वास्थ्यकर्मी रावतले हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्यकर्मी रावतको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, सिसहनियाँ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, विहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष देवप्रसाद चौधरी,राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया