काँग्रेसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले सरकारले लकडाउन अर्थात बन्दाबन्दी घोषणा गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु सरकारको असफलता प्रतिक भनेको छ ।

आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु पनि सरकारको कमजोरी भएको पार्टीले निष्कर्ष निकालेको सहमहामन्त्री प्रकाशसरण महतले जानकारी दिनुभयो । बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सरकारलाई सचेत गराउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

काँग्रेसले कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय