ढुंगाले लागेर बालकको मृत्यू

 असार २४, २०७७

तुलसीपुर,२४ असार ।
माथीबाट खसेको ढुंगाले लागेर सल्यानमा एक बालकको मृत्यू भएको छ । बाख्रा चराउन जंगल जादैँ गर्दा माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर जिल्लाको शारदा नगरपालिका १ भगवती खोला निवासी ९ बर्षिय दिनेश बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानिय जोगेनी पाखा जंगलमा आज दिउसोँ साढेँ १ वजे तीर बाटो माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया