जिपले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु
कैलाली । कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा से १ च ४४८ नम्बरको जीपले ठक्कर दिदा म २ प ६८३३ नम्बरको मोटरसाइकलमा सवार बेदकोट ५ धरमपुरका ३५ वर्षीय गणेश बम र १८ वर्षीय भुपेश बमको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर दाजुभाइलाई तत्कालै कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले बताएको छ।
तपाईंको प्रतिक्रिया