विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् । फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको स्रोतले जनाएको छ ।
यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । ७ किलोसुन सहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।




तपाईंको प्रतिक्रिया