शिक्षक संगठनले वडामा समिति बनाउदै

 पुष ०६, २०८०

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरले प्रत्येक वडाहरुमा वडा समिति बनाउन थालेको छ । पहिलो चरणमा आज मावि उरहरीमा भएको एक भेलाले वडा नम्बर ११,१२ र १३ मा वडा समिति निर्माण गरेको हो । नगर अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिमा सामाजिक समितिका संयोजक,वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा बोल्ने बत्ताहरुले शिक्षकहरु आफ्नो पेशागत हक अधिकारका लागि संगठित हुनुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लगनसिल,कर्तव्यनिष्ट भएर लाग्नुपर्ने बताएका थिए । भेलालाई संगठनका निवर्तमान नगर अध्यक्ष पदम बहादुर वली,जिल्ला सचिवालय सदस्य धनिराम केसी,पदम खत्री,पेशागत महासंघ का जिल्ला उपाध्यक्ष रमा आचार्य लगायतले सम्वोधन गरेका थिए ।

नगर उपाध्यक्ष प्रेम नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजिकरण नगर सचिव निर्मल कुमार वलीले गरेका थिए । यसैविच भेलाले तीन वटा वडामा वडा समितिहरु गठन गरेको छ ।

वडा नम्बर -११ मा
१-तेज बहादुर डाँगी – अध्यक्ष
२-देवनारायण भण्डारी -उपाध्यक्ष
३-बालिका चन्द – महिला उपाध्यक्ष
४-देव नारायण चाैधरी – सचिव
५-शान्ता चाैधरी – सह सचिव
६-निशा चाैधरी – काेषाध्यक्ष
७-सरस्वती डाँगी -सदस्य
८-जीवन केसी – सदस्य
९-शान्ति खड्का – सदस्य
वडा नम्बर -१२ मा
१-शालिकराम डाँगी -अध्यक्ष
२-पुर्ण बहादुर वली – उपाध्यक्ष
३-लक्ष्मी भण्डारी – महिला उपाध्यक्ष
४-खुमराज डाँगी -सचिव
५-सीता केसी -सह सचिव
६-तिलीचरण चाैधरी -काेषाध्यक्ष
७-कमला आचार्य – सदस्य
८-रमा वुढाथाेकी – सदस्य
९-टाेपेन्द्रा विसी -सदस्य
वडा नम्बर -१३ मा
१-मधु परियार -अध्यक्ष
२-टेक बहादुर केसी -उपाध्यक्ष
३-प्रग्या डिसी – महिला उपाध्यक्ष
४-कर्णविर खत्री – सचिव
५-यमुना घर्ती -सह सचिव
६-प्रतीक्षा भुसाल -काेषाध्यक्ष
७-शरद कार्की -सदस्य
८-तिलकराज खड्का -सदस्य

तपाईंको प्रतिक्रिया