कोरोनाबाट आज पनि ६ जनाको मृत्यु

 भदौ ०४, २०७७

काठमाडौँ,४ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष र पर्साकी एक महिला तथा दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

हिजो पनि कोरोनाबाट ६ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया