शिक्षक सङ्गठनको पाँचौ परिषद्

 चैत २३, २०८०

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसिपुर नगर समितिले पाँचौ परिषद,सम्मान एवं बधाई कार्यक्रम तुलसीपुरमा सम्पन्न गरेकाे छ । नगर समितिका अध्यक्ष होमराज डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेश समितिका अध्यक्ष  भागवत पौडेलको प्रमुख आतिथ्यता र जिल्ला सचिव मिनराज शर्माकाे विशिष्ट आतिथ्यमा परिषद सम्पन्न भएको हो ।

परिषदमा  बोल्दै प्रमुख अतिथि भागवत पौडेलले विभिन्न स्थानीय तहहरुले शिक्षकहरु लाई अनेक वाहानामा ऐन,कानुन विपरीत  जपेशागत हक अधिकार कटाैति गर्ने गरेकाेले त्यसका विरुद्ध एक जुट हुन अावस्यक रहेकाे बताएका थिए | यस्तै  सङ्गठन लाई अझ थप विस्तार गरि सुदृढ गर्दै मजबुद बनाएर पेशागत विकासमा ध्यान दिनुपर्ने बताए |

अहिले संगठनकाे केन्द्रीय कार्यक्रम अनुसार मार्च टु लाेकल लेवल संचालन गरि संगठन  सुदृढीकरण ,शिक्षकहरुकाे पेशागत विकास,सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरु शैक्षिक गुणस्तर सुधार गर्ने भनेअनुसार पहिलाे चरणमा केन्द्र,प्रदेश र जिल्लामा साेहि अनुसारका कार्यक्रम भई सकेको र अब स्थानीय पालिकामा पनि गर्नुपर्ने बताएका छन्।

परिषदमा जिल्ला सचिव मिनराज शर्मा,निवर्तमान नगर अध्यक्ष तथा तुलसीपुर शिक्षा समितिका सदस्य पदम बहादुर वली,नेकपा एमाले नगर कमिटी सचिव रुप बहादुर खत्रि,शिक्षक महासंघका निवर्तमान सचिव नवराज डाँगी,मा वि भाेजपुरका शिक्षक तथा शिक्षा विकास तथा मानव स्राेत समिति लुम्बिनी प्रदेश सदस्य बलदेव शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

परिषदले सचिव निर्मल वली द्वारा प्रस्तुत सांगठनिक,काेषाध्यक्ष इश्वरी केसी द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र महिला उपाध्यक्ष लक्ष्मी पंथी द्वाेरा प्रस्तुत महिला विभागकाे प्रतिवेदन सुझाव सहित पारीत गरेकाे छ।उपाध्यक्ष प्रेम हिताङ्गकाे स्वागत मन्तव्य बाट सुरु भएकाे परिषदकाे संचालन सचिव निर्मल वलीले गरेका थिए। त्यस अवसरमा भर्खरै शिक्षक सेवा आयाेग उत्तीर्ण हुने पालिका भित्रका नव शिक्षक शिक्षिकाहरु लाई स्वागत र सम्मान गरिएकाे थियाे ।

तपाईंको प्रतिक्रिया