ज्ञानज्योतिमा बिएस्सी सिएसआईटी र बिबिएको पढाई हुने
तुलसीपुर ।
तुलसीपुर ६ मा रहेको ज्ञानज्योति माविमा अब ब्याचलर लेभलको बिएस्सी सिएसआईटी र बिबिएको समेत पढाई सञ्चालन हुने भएको छ । विभिन्न संकायको पढाई सञ्चालन गर्दै आएको ज्ञानज्योतीले अव ब्यवस्थापन तर्फको लागि बिबिए र विज्ञान तथा आईटी तर्फको लागि बिएस्सी सिएसआईटीको सम्बन्धन ल्याएको सिईओ सुरेन्द्र जिसीले जानकारी दिए । फर वेष्टन युनिभर्सिटिबाट सम्बन्धन प्राप्त यो कार्यक्रम पढन विद्यार्थीहरु टाढा टाढा जानुपर्ने बाध्यता थियो । आफ्नै ठाउमा अन्यत्रको तुलनामा न्युनतम शुल्कमा यो कार्यक्रम पढ्न सकिने सिइओ जिसीले बताए ।
यी कार्यक्रम प्रती समयको माग बढि भएको हुदा सम्बन्धनको लागि निरन्तर लागेकोमा सफल भएको नँया कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिईओ जिसीले जानकारी दिए । चार बर्षको लागि ८ वटा सेमेष्टरमा पढाई हुने बिबिएमा ९९ र बिएस्सी सिएसआईटीमा ४२ कोटामा भर्ना गर्न सकिने छ । ज्ञानज्योती फाउण्डेसनका सिईओ सुरेन्द्र जिसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।
सो अवसरमा कक्षा १२ को परिक्षामा विज्ञान शंकाय तर्फ पश्चिम दाङका मावि मध्ये उत्कृष्ट अंक ल्याउने ज्यान ज्योतिमा अध्ययरत शुसिल पराजुलीलाई सम्मान गरिएको थियो ।




तपाईंको प्रतिक्रिया