मावी लाइसेन्सको बिज्ञापन खुल्यो
काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमतिपत्र (लाइसेन्स) को प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ। आयोगको मिति २०८१ साउन २५ को निर्णयानुसार माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०८१ साउन २६ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने उल्लेख गरेको छ। उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन फाराममा भर्नुपर्ने आवश्यक सम्पूर्ण विवरणहरू (नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) भरी सिङ्गल दस्तुरका लागि मिति २०८१ भदौ २३ गते रातको १२:०० बजेभित्र र दोब्बर दस्तुरका लागि २०८१ भदौ ३० गते रातको १२:०० बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त पेश गर्नुपर्नेछ ।




तपाईंको प्रतिक्रिया