तुलसीपुर – ११ मा शिक्षक संगठनको वडा समिति चयन

 भदौ ०७, २०८१

तुलसीपुर । तुलसीपुर नगरपालिका वडा नम्बर ११ मा नेपाल राष्टिय शिक्षक संगठनको वडा कार्यसमिति चयन गरिएको छ । अमर माविका शिक्षक देव नारायण भण्डारीको अध्यक्षतमा १० सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा अमर माविकै शिक्षक खड्ग बहादुर पौडेल र आवि कँटाहाकी शान्ति खड्का चयन भएका छन । त्यसैगरी सचिवमा जागेश्वर केसी, सह सचिवमा कालिका चन्द, कोषाध्यक्षमा शुष्मा वली चयन भएको वडा ईन्चार्ज देव नारायण चौधरीले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा जीवन केसी,दिवश रेग्मी, माधवा आचार्य,मोनिका शाही रहेका छन । यस्तै ११ नम्बर वडाको ईन्चार्जमा देवनारायण चौधरी चयन भएका छन । तुलसीपुर नगर कमिटीका सल्लाहाकार समितिका सदस्य पदम बहादुर वलीको प्रमूख आतिथ्यमा भएको भेलामा पुर्व जिल्ला सहसचिव शुष्मा भण्डारी, निवर्तमान नगर सचिव निर्मल कुमार वली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण नगर  सदस्य राजेन्द्र भट्टराईले गरेका थिए ।

तपाईंको प्रतिक्रिया