जनयुद्ध दिवसमा बिदा दिनेलाई अवहेलनामा कारबाहीको माग

 फागुन २०, २०८१

काठमाडौं । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतको फैसलाको उल्लंघन हुनेगरी १ फागुनमा जनयुद्ध दिवसको नाममा बिदा दिएर उनीहरूले अदालतको अवहेलना गरेको निवेदनमा दाबी छ ।

अधिवक्ता ज्ञानेन्द्र आरण, नेपाली कांग्रेसका नेताहरू कुलबहादुर गुरुङ, विनयध्वज चन्द लगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् । उनीहरूले १ फागुनमा जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिनेहरुलाई अवहेलनाको कारबाही हुनुपर्ने माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया