तुलसीपुर खानेपानीको निर्वाचनका लागि मनोनयन दर्ता
दाङ | तुलसीपुर खानेपानीको आगामी चैत २ गते हुने निर्वाचनका लागि बुधबार उमेदवारले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट बहालवाला अध्यक्ष यमकान्त भण्डारी, एमालेबाट मनोज लामिछाने र माओवादीबाट सिताराम शर्मा आचार्यले मनोनयन दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष पदमा दुर्गा प्रसाद भण्डारी, नारायण प्रसाद शर्मा, लक्ष्मण केसी, सचिव पदमा रुद्र बहादुर वली, रञ्जन कुमार गौतम, भुवन भुसालले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी कोषाध्यक्ष पदका लागि भोला प्रसाद थापा, सुशीला न्यौपाने, कर्ण बहादुर वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सदस्य पदमा ९ जना पुरुष र ९ जना महिला गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् निर्वाचन समितिले जनाएको छ । पुरुष सदस्यमा मन बहादुर वली, बुद्धिराम चौधरी, प्रमोद कुमार योगी ( शरद ) , खगेश्वर भण्डारी, सुकण्ठ न्यौपाने ( सुशील ) , माधव गिरी, प्रेम कँवर , शोभाराम पुनले मनोनयन दर्ता गराएका छन् ।
यस्तै महिला सदस्यका लागि कमला चौधरी, मनिषा सेर्पाली, लुमा बुढामगर, सुमा अधिकारी, शारदा सार्की, डिलापरियार, छमा भण्डारी, प्रमिला तिवारी र सुशीला वलीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको थियो । सोही समयमा उमेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।।




तपाईंको प्रतिक्रिया