तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा

 फागुन २२, २०८१

दाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो । अव डाँगीको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धे आउने छन् ।

डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएको छ । डाँगी गतवर्ष चैतमा तुलसीपुर उपमहानगरपालिकामा आएका थिए ।

तपाईंको प्रतिक्रिया