बाढी हेर्न गएका गोतामेकाे लडेर मृत्यु

 २ घण्टा अगाडि

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर आइतबार उनको मृत्यु भएहो हो ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय चित्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया