जग्गाकाे मोठ भिडाउन घुस लिदा परे अख्तियारकाे फन्दामा
तुलसीपुर । बाँकेको मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खरिदार हरिचन्द्र पाण्डे लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र घनश्याम तिवारी रहेका छन । मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा नियन्त्रणमा लिएकाे हाे ।



तपाईंको प्रतिक्रिया