नेपालबाट बङ्गलादेशलाई विद्युत निर्यात सुरु

 असार ०१, २०८२

नेपालले आजदेखि बङ्गलादेशलाई नियमित रूपमा विद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय प्रसारण लाइनमार्फत व्यवसायिक रूपमा ४० मेगावाट विद्युत बङ्गलादेश पठाउन थालेको हो । गत वर्ष पहिलोपटक कात्तिक १८ गते (जुलाई १५) मा १२ घण्टाका लागि परीक्षणस्वरूप विद्युत निर्यात गरिएको थियो। त्यसको निरन्तरता स्वरूप यो वर्ष असार १ गते (जुन १५) राति १२ बजेदेखि नियमित निर्यात सुरु भएको हो ।

नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच भएको त्रिपक्षीय सम्झौताअनुसार निर्यात प्रक्रिया अघि बढाइएको हो । यसअनुसार त्रिशुली जलविद्युत केन्द्रबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत बङ्गलादेश पठाइनेछ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा उत्पन्न हुने अतिरिक्त विद्युत छिमेकी मुलुकहरूलाई निर्यात गर्न पाउनु गौरवको विषय भएको बताए ।

तपाईंको प्रतिक्रिया