पत्नी हत्याको आरोपमा एकजना पक्राउ

 साउन ०३, २०८२

घोराही । ५० वर्षीया पत्नी गोमा पुनको हत्या गरेको आरोपमा बंगलाचुली गाउँपालिका–४ का ३८ वर्षीय जागेश्वर पुनलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति मादक पदार्थ सेवन गरी दुबैजनाबीच झगडा भएको र सोही क्रममा लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

इप्रका कमिरेचौरबाट गएको प्रहरी टोलीले आरोपित जागेश्वरलाई पक्राउ गरी अनुसन्धान थालेको छ भने शवको पोष्टमार्टका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया