डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो

 भदौ १२, २०८२

काठमाण्डौ । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यस्तै ६ जना घाइते भएका छन् । नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जीप आज बिहान सडकबाट पल्टिँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले  जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा १८ वर्षीया सुशीला बिक, ४ वर्षीया प्रतिका कार्की, ४८ वर्षीय चन्द्र बहादुर साउद, चालक ३५ वर्षीय राम बहादुर साउद, ४२ वर्षीय गणेश बहादुर साउद र ४४ वर्षीय प्रकाश बिक घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।

तपाईंको प्रतिक्रिया