कक्षा १२ को मौका परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ । जेनजीको आन्दोलनले विषम परिस्थिति निम्तिएपछि कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । यही भदौ २८ र २९ गते सञ्चालन हुने परीक्षा स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो ।
परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा सात दिनको समयावधि दिएपछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।




तपाईंको प्रतिक्रिया