तुलसीपुर कारागारबाट भागेका १ सय १४ कैदीबन्दी सम्पर्कमा आए

 भदौ ३१, २०८२

तुलसीपुर । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १ सय ३९ जना अझै सम्पर्कमा आएका छैनन । भदौ २४ र २५ गते भागेका दुई सय ५३ जनामध्ये एक सय १४ जना कैदीबन्दी पक्राउ परेको तुलसीपुर कारागारका प्रशासन प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।

यस्तै १२ जना कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जनाएको छ । ती १२ जना कैदीबन्दी जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका छन् । सम्पर्कमा रहेका १२ जनामध्ये कैलाली कारागारमा छजना, कपिलवस्तु कारागारमा तीन, बर्दियामा दुई र सुर्खेतमा एकजना कैदी रहेका छन् । उनीहरुलाई अवस्था सामान्य बनेपछि मात्रै तुलसीपुरमा ल्याइने कारागार प्रशासन प्रमुख सेजुवालले जानकारी दिए ।

कारागारबाट भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेपछि कैदीबन्दीहरु फर्किने क्रम जारी रहेको छ । फरारको खोजी कार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ ।

तपाईंको प्रतिक्रिया