अमर माविले मनायो ५८औं बार्षिकोत्सव

 माघ २६, २०८२

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीले ५८औं बार्षिकोत्सव तथा खेलकुद सप्ताहको समापन गरेको छ । माघ २१ गते बार्षिक उत्सवका अवसरमा खेलकुद कार्यक्रम सुभारम्भ भएकोमा एक समारोहका विच पुरस्कार वितरण गरि समापन गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा विद्यालयका पुर्व प्रअ, लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीको प्रमुख आतिथ्यता एंव तुलसीपुर ११ का वडाध्यक्ष मान बहादुर रावतको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले परम्परागत शिक्षा सगैं प्रविधिमैत्रि शिक्षाको आवस्यकता रहेको बताएका थिए । बक्ताहरुले व्यावहारीक ज्ञान सगैं सिपमुलक शिक्षाका लागि सबैको हातेमालो आवस्यक रहेको समेत बताएका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष लोकजंग शाह,पुर्व प्रधानाध्यापक पदम प्रसाद न्यौपाने,पुर्व शिक्षकहरु क्षेत्र बहादुर गिरी,लेखराज बस्नेत,विष्णु प्रसाद वली,शिअसंघका पुर्व अध्यक्ष लिलाधर डाँगी,जग्गादाता परीवारको तर्फबाट केदार आचार्य,जेष्ठनागरीक हर्षलाल रेग्मी,नेत्रमणि शर्मा,हरीदत्त कार्कि, सम्मानित शिक्षकका तर्फबाट गोमा बालान क्षेत्री,पुर्व विद्यार्थी देविराम कुसारी लगायतले बोलेका थिए । उनिहरुले विद्यालयले भौतीक सुधार देखि लिएर शैक्षिक सुधारमा समेत फड्को मारेको हुदा थप प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक पदम बहादुर वलीले हाल ६ सय ९२ जना विद्यार्थी अध्ययनरत रहेको बताएका थिए । उनले भौतिक पुर्वाधार पर्याप्त भएको जानकारी गराउदै प्रविधिमैत्रि शिक्षाको योजना सुनाएका थिए । हाल सिसिक्यामरा बाट कक्षा कोठाको निगरानीले शिक्षण सुधारमा मद्दत पुगेको बताउदै एसइइमा समेत उत्कृष्ट नतिजा ल्याउदै आएकोमा २०८१ मा ९ जनाले ए प्लस ल्याएको बताएका थिए ।

५ शिक्षक कर्मचारी सम्मानित
विद्यालयमा कार्यक्तत शिक्षकहरु डम्बर भण्डारी,गोमाबालन क्षेत्री,चन्द्रकला डाँगी,ईन्द्रमणि खड्कालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । विद्यालयको सर्वाङ्गीण विकासमा भुमिका खेलेको भन्दै चार शिक्षकलाई सम्मान गरिएको थियो । यस्तै,कार्यालय ब्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै कार्यालय सहयोगी बिर्जुन चौधरीलाई पनि सम्मान गरिएको थियो । सेवा निवृत्त शिक्षकहरु शङ्कर गिरि,बिष्णु प्रसाद वलि,रुम बहादुर केसिलाइ सम्मान गरिएकाे थियाे ।

नगद सहित विद्यार्थी पुरस्कृत 
कार्यक्रममा तुलसीपुर १२ निबासी होताराम योगीबाट स्थापना भएको ३ लाखको अक्षयकोषबाट एसईईमा प्रथम आउने प्रतिक्षा चौधरीलाई ४ हजार ७ सय ५० , दोस्रो हुने कमल खत्रीलाई ४ हजार २ सय ५०,तेस्रो हुने देपेन्द्र जैसीलाई ४ हजार, उत्कृष्ट अंक ल्याई सोहि विद्यालयमा अध्ययनरत ममता वली,रेखा विक र पुजा चौधरीलाई जनही ४ हजार गरि २५ हजार रुपैया नगद सहित सम्मान गरिएको थियो ।

यस्तै तुलसीपुर ५ निवासी डिल्ली बहादुर बस्नेतबाट स्थापना भएको १ लाख अक्षयकोषबाट विद्यालय प्रथम रितु चौधरी २ हजार ८ सय,दोस्रो हुने अर्पना चौधरी २ हजार ५ सय नगद सहित सम्मानित हुदा स्व.देव बहादुर केसीको २० हजार अक्षयकोषबाट कक्षा ८ मा प्रथम हुने विन्दु चौधरीलाई १ हजार नगद सहित सम्मान गरिएको थियो ।
यस्तै बर्षमा सबैभन्दा बढि उपस्थित हुने हरी केसी र चन्द्रमा जैसी,भर्ना अभियानमा पहिलो भर्ना हुने अनन्या नेपाली,शन्देश डाँगी,ललित चौधरीलाई अभिभावक सहित सम्मान गरिएको थियो ।
माघ २१ गते देखि सुरु भएको कार्यक्रम अवधिभर खेलकुद तथा साहित्य विधामा भएका प्रतियोगिताका विजेतालाई मेडल, ट्रफि सहित पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका आधारभुत कोर्डिनेटर निर्मल कुमार वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका मावि तह कोर्डिनेटर यज्ञ बहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

 

 

 

तपाईंको प्रतिक्रिया