प्रदेश सभा सदस्य शर्मा बालबालिकासम्बन्धी कसुरमा पक्राउ

 चैत १६, २०८२

काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा  पक्राउ परेकी छन् । उनलाई बालबालिकासम्बन्धी कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँको धुम्बाराहीस्थित शर्माको घरमा नाबालिकालाई घरेलु कामदारका रुपमा राखेर शोषण गरेको घटनामा काठमाडौँ महानगरपालिकाको महिला तथा बालबालिका समितिले अध्ययन गर्दा शर्मा दोषी ठहर भएकी थिइन् । घटना २०८० सालको हो ।

उनले ८ वर्षदेखि बालिकालाई बन्दी बनाएर घरेलु कामदार बनाएकी थिइन् । महानगरले पीडित बालिकाको उद्वार गरेर सेल्टरमा राखेको थियो । यो प्रकरणमा पक्राउ गर्न महानगरले सिफारिस गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सम्भव नभएको भनी तत्कालीन महानगरका मेयर रहेका बालेन्द्र शाहले सार्वजनिक रुपमा आपत्ति जनाएका थिए । साहले उनलाई कारबाही हुनुपर्ने र बालिकालाई न्याय दिलाउनुपर्ने विषयमा बोलेका थिए ।

तपाईंको प्रतिक्रिया