बाघको आक्रमणबाट एक पुरूषको मृत्यु
कैलाली । कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका – ६ चरीडाँडाका अन्दाजी ४० वर्षीय कृष्ण चौधरीको शुक्रबार बिहान बाघको आक्रमणमा परी मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार गौरीगंगा –६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बिहानै च्याउ टिप्न गएका चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।
उनी बिहान ५ बजेतिर सामुदायिक वन छिरेका थिए । बिहान ८ बजेपछि खाजीमा गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीसहितको टोलीले चौधरीलाई मृत फेला पारेको थियो ।




तपाईंको प्रतिक्रिया