सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

 १० घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
सर्वोच्चले देउवा र खड्काले दायर गरेको रिट खारेज गरिदिएको छ । संविधान, कानुन र नेपाली कांग्रेसका विधानविपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको दाबी रिटमा गरिएको थियो ।

तपाईंको प्रतिक्रिया