इसीडी शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयोगीको तलब बढ्यो
काठमाडौं । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको हो ।
‘प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगीका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजारका दरले वृद्धि गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
अव (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दूरदराजका विद्यालयहरुमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आउनुभएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गर्नुभयो ।




तपाईंको प्रतिक्रिया