लामिडाँडा टोल विकास संस्थाको अध्यक्षमा पुन

 १६ घण्टा अगाडि

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित लामिडाँडा टोल विकास संस्थाको अध्यक्षमा बलबहादुर पुन चयन हुनुभएको छ। संस्थाको पाँचौँ साधारण सभाले पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्णबहादुर वली, सचिवमा रामचन्द्र बुढा र कोषाध्यक्षमा वकिला अधिकारी केसी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रेबा केसी, चन्द्रकुमार चौधरी, मानबहादुर वली, भीमबहादुर गिरी, सीता कवर र कल्पना बस्नेत चयन हुनुभएको छ।

दलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न सभामा तुलसीपुर–१२ का वडा सदस्य कमला घर्तीको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष युवराज केसीको विशिष्ट आतिथ्यता रहेको थियो।

सभामा बोल्ने वक्ताहरूले टोलको समग्र विकास, सरसफाइ व्यवस्थापन र सामाजिक सद्भाव कायम गर्न टोल विकास संस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँहरूले नयाँ कार्यसमितिले टोलको विकास र सामुदायिक हितका कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष बलबहादुर पुनले गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया