मोतीपुरलाई हराउँदै कटाहा युथ एफसी बन्यो वडाध्यक्ष कप च्याम्पियन
तुलसीपुर । मोतीपुर एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै कटाहा युथ एफसीले वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
तुलसीपुर उपमहानगरपालिका–११ को आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा कटाहा युथ एफसीले उत्कृष्ट प्रदर्शन गर्दै मोतीपुर एफसीलाई पराजित गरेको हो। जितसँगै कटाहा युथ एफसीले प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ भने मोतीपुर एफसी उपविजेतामा सीमित भएको छ।
प्रतियोगितामा विजेता कटाहा युथ एफसीले ४५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता मोतीपुर एफसीले ३० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
पुरस्कार वितरण कार्यक्रम वडाध्यक्ष कप फुटबल प्रतियोगिताका संयोजक तथा वडा सदस्य यज्ञ बहादुर बस्नेतको अध्यक्षता एवं दाङ जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
त्कायस अवसरमा तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावतले खेल क्षेत्रको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। कार्यक्रमको सञ्चालन वडा सचिव पदमकुमार भण्डारीले गर्नुभएको थियो।



तपाईंको प्रतिक्रिया