गाडीको ठक्करबाट स्कुटर चालक रेणु शाहको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा गाडीको ठक्करबाट घाइते भएकी स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । रा ८ प १७६४ नम्बरको स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–९ निवासी रेणु शाहको मृत्यु भएको हो । मंसिर ४ गते तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँमा बा ०१०२६ च ५२७९ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिँदा शाह घाइते भएकी थिइन् ।
घटनामा घाइते शाहको बाँके कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका तुलसीपुरका डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए । ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी पराजुलीले बताए ।



तपाईंको प्रतिक्रिया