रास्वपा सभापति रवि लामिछाने दाङ आउँदै
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आउने भएका छन्। लामिछाने आगामी मंसिर २३ र २४ गते दाङको भालुवाङमा आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आउन लागेका हुन्।
रास्वपाको केन्द्रीय प्रशिक्षण विभागले मंसिर १२ गतेदेखि पुस २ गतेसम्म देशका ६ वटा प्रदेशमा नेता तथा कार्यकर्तालाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाएको छ।
सोही कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भालुवाङमा आयोजना गर्न लागिएको हो। प्रशिक्षणमा प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ



तपाईंको प्रतिक्रिया