ट्विटरका कर्मचारीले अब सधैं घरबाट काम गर्न सक्ने

 बैशाख ३१, २०७७

सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीले चाहेको खण्डमा सधैं घरबाटै काम गर्न सक्ने बताएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम गर्दै आएका छन् ।

सामाजिक सञ्जालले अहिलेसम्म घरबाट पनि राम्रो काम हुँदै आएकाले आगामी दिनमा पनि चाहेको खण्डमा उनीहरुले घरबाटै काम गर्न सक्ने व्यवस्था गरिने बताएको हो ।
ट्विटरका सीईओ ज्याक डोर्सीले इमेलमार्फत आफ्ना कर्मचारीहरुलाई पछिल्लो केही महिनामा सबैले घरबाटै काम गर्न सकिन्छ भन्ने कुरा साबित गरिदिएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया