भुमिहिन सुकुमबासीको हातमा लालपुर्जा: अध्यक्ष ज्ञवाली

 मङि्सर ०५, २०७७

तुलसीपुर ।

भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भुमिहिन सुकुमबासीले लालपुर्जा पाउने बताएका छन् । निर्वाचनको समयमा हरेक राजनितिक दलका उम्मेदवारले जनतासामु भोट माग्दा भुमिहिन सुकुमबासीलाई लालपुर्जा दिन्छौ भनेर बचनबद्धता गरेको भन्दै लालपुर्जा वितरण गर्दा सबैले प्रशंसा गर्ने उनको दावी छ । भुमि सम्बन्धी समस्या समाधान आयोग र बबई गाउँपालिका कार्यालयको आयोजनामा आज हापुरेमा भएको भुमि सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गदै उनले यस्तो बताएका छन् ।

हिजो अस्तीको जस्तो आयोग नभएको भन्दै आफु नेतृत्वको आयोगले भुमिहिन दलित, भुमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएरै छाड्ने उनको भनाई छ ।आफुहरुले विगतको जस्तो मुद्धा खेप्न नपरोस् भनेर यस पटक भुमि ऐन संसोधन गरेर कानुनी रुपमा बलियो आधार तयार भएको उनको भनाई छ । आयोगले देशभर ७५३ वटै पालिकामा भुमी सम्वन्धी काम गर्ने भएको छ । तर पहिलो चरणमा देशभरका १४ वटा पालिकाबाट सुरुवात गर्न लागेको आयोगका अध्यक्ष ज्ञवालीले बताएका छन् । जसमा लुम्बिनी प्रदेशका दुई वटा पालिका मध्ये दाङको बबई गाउँपालिका छनोट भएको उनले बताएका छन् ।

सोहि अनुसार बबई गाउँपालिकामा भुमिहिन सुकुमबासी तथ्याङक लगत संकलन ईकाई कार्यालय स्थापना गरिएको छ । सो अवसरमा लुम्विनी प्रदेश सभा सदस्य विमला वली, आयोगका सदस्य सोभाराम बस्नेत, नेकपा बबई गाउँ कमिटिका अध्यक्ष जित बहादुर वली, नेपाली काग्रेस बबई गाउँकमिटिका उपसभापति पिमलाल केसी लगाएतले बोलेका थिए । गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले गरेका थिए ।

तपाईंको प्रतिक्रिया