नेकपा सचिवालय बैठक सुरु

 मङि्सर १३, २०७७

काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे बहुप्रतिक्षित सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची रहेको छ। 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज भन्दै विभिन्न आरोप लगाउँदै १९ पृष्ठ लामो आरोप पत्र पेस गरेपछि प्रधानमन्त्री ओलीले त्यसको आज लिखित जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

तपाईंको प्रतिक्रिया