राप्तीमा थप २ स्वास्थ्य संस्थाको सेवा शुभारम्भ

 पुष २१, २०७७

तिर्थराज ज्ञवाली, मसुरीया ।

राप्ती गाउँपालिकामा थप २ वटा स्वास्थ्य संस्थाको सेवा शुभारम्भ गरिएको छ । राप्ती गाउँपालिका अन्तरगत वडा नं २ र ३ मा नागरिकको सर्ब सुलभ स्वास्थ्य सेवा पाउने हक अधिकार अन्तरगत आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो ।

राप्ती गाउँपालिकाका ९ वटै वडामा निर्माणकार्य सुरु भएका आधारभुत स्वास्थ्य सेवा केन्दको पहिलो चरणमा वडा नं २ को लालमटियाँ र वडा नं ३ को खुरुरीयामा रहेका स्वास्थ्य सेवा केन्द्रको उद्घाटन संगै सेवा सुरु गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन ।
स्वास्थ्य सेवाका लागि गाउँपालिका स्तरिय अस्पतालको समेत सेवा सुरु गरिने गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताएका छन ।

वडा नं २ का अध्यक्ष जगत बहादुर थापा, वडा नं ३ का अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी , प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रबक्ता विद्याशरण चौधरी लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया