प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दा हेर्दैमा

 पुष २९, २०७७

तुलसीपुर ।
प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आज सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी पर्सि शुक्रबारका लागि तोकेको हो । आज भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेकाथिए । रिट निवेदक तर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेकाथिए । सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए ।

आजको संवैधानिक इजलासमा सपना प्रधानमल्ल बाहेकका न्यायाधीश यस अघिकै दोहोरिएका थिए । हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आउनुभएको हो । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा सहित विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी यस अघि पनि थिए । नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित प्रधानन्यायाधीशले तोकेका अन्य ४ न्यायाधीश रहने व्यवस्था छ ।

तपाईंको प्रतिक्रिया