किसानहरुलाई तरकारीकाे बीउ वितरण

 जेठ १७, २०७७


दंगिशरण, १७ जेठ ।

कोरोना भाइरसको महामारी बढ्दै गईरहेको बेलाा सहकर्मी समाज सुर्खेतले किसानहरुका लागि तरकारीको बीउ उपलब्ध गराएको छ । समाजले दंगिशरण गाउँपालिका वडा नं १ र २ का किसानहरुलाई विभिन्न जातका तरकारीको बीउ उपलब्ध गराएको हो ।

लामो समय देखिको लकडाउनका कारण खेती किसानी गरेर जिविकोपार्जन गर्ने किसानहरु प्रत्यक्ष प्रभावित भएको भन्दै समुहमा आबद्ध किसानहरुका लागि बीउ उपलव्ध गराएको सामजिक परिचालक सुनिता चौधरिले जानकारी दियकी छिन । समाजले शनिवार ६४ घरपरिवारहरुलाई तरकारीको बीउ वितरण गरेको छ । समाजले यसअघि लकडाउनका कारण अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुका लागि पनि खाद्यान्न सहयोग गरेको थियो ।

तपाईंको प्रतिक्रिया