रुकुममा समाजवादी पार्टीद्धारा दिप प्रज्वलन

 जेठ २२, २०७७


हिरा परियार, रुकुम पश्चिम,२२ जेठ ।

समाजवादी पार्टि रुकुम पश्चिमले सोती घटनामा परि ज्यान गुमाएकाहरुको सम्झनामा दिपप्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । जातीय भेदभाव विरुद्ध सामाजिक सद्भाव अभियान भन्ने मुल नारा लिई समितिले मुसिकोट १ खलगाँमा कार्यक्रमको आयोजना गरेको हो । छ जनाको ज्यान जाने गरि भएको उक्त हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग समेत गरेको छ । कार्यक्रममा उनिहरुले मानविय प्रेम र प्रेमीका हत्यारा,के पायौ तिमिले मान्छेको ज्यानै लिएर ,जेठ १० गते रुकमेलीको कालो दिन,सभ्य मान्छेहरुलाई लागिरहेछ लाज र घिन, जस्ता नाराहरुे लगाएका थिए ।

त्यस अवसरमा बोल्ने बत्ताहरुले मृतक प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै परीवाजनमा समवेदना प्रकट गरेका थिए । उनिहरुले जात सबैको एउटै भएकोले २१औं युगमा समेत जातका आधारमा गरिने विभेद घृणित कार्य भएको समेत बताएका थिए । समितिका जिल्ला अध्यक्ष प्रसाराम खत्रिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सचिव अमर ओली,दलित अधिकारकर्मी उपेन्द्रलाल कामि,जिल्ला सह ईन्चार्ज राजेश पुन मगर लगायतको बोलेका थिए । यसैबीच जातिय भेदभाव बिरुद्ध सामाजिक सद्भाव अभियान थालनी गरिएको छ । जस्काे सयाेजन गर्ने जिम्मेवारी जिल्ला उपाध्यक्ष जगत चन्द ठकुरी लाई दिईएकाे छ ।

तपाईंको प्रतिक्रिया