भर्ना नगर्न अनेरास्ववियूको चेतावनि

 बैशाख २५, २०७७

तुलसीपुर,२५ बैशाख ।
केहि विद्यालयले लक डाउनको समयमा पनि विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियू दाङले तत्काल भर्ना बन्द गर्न चेतावनी दिएको छ । विश्व कोरोना भाईरस संग लडिरहेका समयमा केहि विद्यालयले शुल्क लिदै आम अभिभावक,विद्यार्थी तथा सर्वसाधारण जनतालाई झुक्याउन खाजेको प्रति गम्भी ध्यानकर्षण भएको सह संयोजक सर्जन परियारले जानकारी दिएका छन ।


लकडाउनको समयमा प्रशासनलाई झुक्याउन खोजेको भन्दै यस्ता कार्य गर्ने जो कोहिलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्न उनले अनुरोध समेत गरेका छन । शान्तिनगर गाउँपालीका ३ स्थित वीपी माविले विद्यार्थी भर्ना गरेको विषयलाई लिएर विद्यालयका प्रधानाध्यापक भागवत न्योैपाने, वि.व्य.स. अध्यक्ष शशिधर केसी र गाउँपालीका शिक्षा समिति प्रमुख घनश्याम वली संग कुरा गरि तत्काल बन्द गर्ने कुराकानि भएको जानकारी दिएका छन । साथै स्थानीय तहले भर्ना कार्यक्रम बन्द गर्न सुचना निकाल्ने सहमति भएको बताएका छन ।

तपाईंको प्रतिक्रिया