संघीय सांंसद र कर्मचारीको आज कोरोना परीक्षण

 बैशाख २५, २०७७

तुलसीपुर,२५ बैशाख ।

भोलिबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालनको लागि आज सबै सांसद र कर्मचारीको कोरोनाको पिसिआर परिक्षण हुँदै छ।  आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो। 

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।  सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पिसिआर परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।

तपाईंको प्रतिक्रिया