सेनाका जवानलाई कारवाही गर्न कांग्रेस उपसभापतिको माग
तुलसीपुर , ५ जेठ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले काठमाडौंको कालिमाटीमा १ सर्वसाधारणमाथि दुव्र्यवहार गर्ने नेपाली सेनाका जवानलाई कारवाही गर्न माग गरेका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका निधिले ट्वीट गर्दै घटनाको भत्र्सना गर्दै सेनाका जवानलाई कारवाहीको माग गरेका हुन् ।
अस्पतालमा विरामी रहेकी श्रीमतीका लागि रगत लैजा जाँदै गरेका पूर्व शिक्षक घनश्याम झामाथि सेनाका जवानले दुव्र्यवहार गरेका थिए । सेनाको जस्तो कपडा लगाएको भन्दै ति जवानले झामाथि दुर्व्यवहार गरेका थिए ।
उपसभापति निधिले उक्त घटना निन्दनीय र दण्डनीय रहेको बताउँदै प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिको ध्यानाकर्षण गराएका छन् ।
तपाईंको प्रतिक्रिया