कोरोनाबाट गुल्मीका एक शिक्षककाे ज्यान गयाे
तुलसीपुर , ७ जेठ ।
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको मदाने गाउँपालिकाको कार्यालयले पुष्टि गरेको छ ।
उनको निधनबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरमा आधिकारीक रुपमा जानकारी गराने तयारी गरेको छ । उनी गुल्मीकाा शिक्षक हुन ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि बाँकेका २५ वर्षीय युवक रसिन्धुपाल्चोककी २९ वर्षीया महिलाको संक्रमणबाट ज्यान गएको थियो ।
तपाईंको प्रतिक्रिया