प्रतिष्ठानमा अन्तरंग र बहिरंग सेवा सुरु

 जेठ ०८, २०७७

तुलसीपुर, ८ जेठ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तरंग र बहिरंग सेवा आज देखि फेरि सुरू गर्ने भएको छ ।
प्रतिष्ठानले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भन्दै अन्तरङ र बहिरंग सेवा बन्द गरेको थियो । स्वास्थ मन्त्रालयको निर्देशन अनुसार सेवा बन्द गरेको प्रतिष्ठानले सेवाग्राहीबाट भएको चर्को विरोध र दबाबपछि आजबाट नियमित सेवा सञ्चालन गर्न लागेको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले विज्ञप्ति निकालेर यसअघिको निर्णयमा पुर्नविचार गर्दै कोरोनाका बिरामी आइसोलेसनमा भर्ना नहोउञ्जेलसम्म आजबाट नियमित रूपमा सेवा प्रदान गरिने जानकारी गराउनुभएको छ ।

तपाईंको प्रतिक्रिया