करिब २५ हजार नेपालीको तत्काल उद्दार गरिने

 जेठ १३, २०७७

तुलसीपुर,१३ जेठ ।
सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता र उनीहरूको व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । बैठकले विपद व्यवस्थापन केन्द्र (सिएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्दार सम्बन्धी कार्यविधि पारित गरेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्दार गरिनेछ । परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।

तपाईंको प्रतिक्रिया