दाङ बेल्झुण्डीमा रहेका ८ जनाले काेराेना जिते
तुलसीपुर , १६ जेठ ।
कोरोना बिशेष अस्पताल दाङ बेल्झुण्डीमा भर्ना भएका आठ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११, गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नं ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएकाेे अस्पतालले जानकारी दिएकाे छ ।
उनिहरुलाई पुष्प गुच्छा सहित बिदाइ गरिएको हाे । अब त्यहा ३७ जना कोरोना संक्रमित रहेका छन् ।
तपाईंको प्रतिक्रिया